
राष्ट्रिय सभाका समितिमा सत्ता र प्रतिपक्षका प्रमुख ४ दलले भागबण्डा गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले १/१ सिटमा भागबण्डा गरेका छन् ।
दीगो विकास तथा सुशासन समितिमा कांग्रेसका प्रकाश पन्थ सभापति बन्ने भएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिमा नेकपा एमालेकी दिलकुमारी रावल ‘पार्वती’ निर्विरोध भएकी छन् । माओवादीको भागमा परेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा सभापति बन्ने भएका छन् ।
विधायन व्यवस्थापन समितिमा नेकपा एसका महासचिव डा. बेदुराम भुसाल सर्वसम्मत भएका छन् । बिहीवारका लागि तय भएको निर्वाचनका लागि बुधवार उम्मेदवारी मनोनयनको कार्यसूची थियो ।
३ वटा समितिका सभापति फागुन २१ गतेदेखि रिक्त थिए । राष्ट्रिय सरोका समिति भने साउन १७ गतेदेखि रिक्त थियो । समितिमा पार्वती रावल नै दोहोरिएकी छन् ।
संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह सुविधा पाउने गरेका छन् ।