१२ साउन २०८३, मंगलबार

एमालेको समर्थनमा नेकपा एसका महासचिव संसदीय समितिको सभापति !

एमालेको समर्थनमा नेकपा एसका महासचिव संसदीय समितिको सभापति !

पार्टी विभाजनका कारण पानी बाराबारको अवस्थामा रहेका नेकपा एमालेका सांसदको समर्थनमा नेकपा एसका महासचिव संसदीय समितिको सभापति बन्ने भएका छन् ।

बुधवार भएको उम्मेदवारी मनोनयनमा एमालेका सचेतक देवेन्द्र दाहालले नेकपा एसका महासचिव बेदुराम भुसाललाई समर्थन गरेका हुन् । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिका लागि कांग्रेसकी अनिता देवकोटा प्रस्तावक र एमालेका दाहाल समर्थक छन् ।

२०७८ भदौ ९ गते नेकपा एमाले विभाजन गरेर नेकपा एस गठन भएपछि २ दलका नेताहरूबीच पानी बाराबारको स्थिति छ । 

नेकपा एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको भन्दै एमालेले राष्ट्रियसभा बैठक समेत लामो समय अवरुद्ध गरेको थियो । 

एमालेकी दिलकुमारी रावल ‘पार्वती’लाई राष्ट्रिय सरोकार समितिको सभापति बनाउने प्रस्ताव भने माओवादीका गोपीबहादुर सार्की अछामीले गरेका छन् भने समर्थन कांग्रेसकी दुर्गा गुरुङले गरेकी छन् । 

सत्ता र प्रतिपक्षबीच राष्ट्रिय सभाका ४ सिटमा बाँडफाँट भएको छ । कांग्रेस, एमाले, माओवादी र एसले १/१ सभापति लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्