
काठमाडौं, १७ साउन — खाडीका छिमेकी देशहरूबाट नाकाबन्दी खेपिरहेको कतारले उनीहरूलाई वार्ताको टेबलमा ल्याउन विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा आधिकारिक उजुरी दिएको छ । यसरी उसले व्यापारिक बहिष्कारलाई चुनौती दिएको छ ।

अब यो विवादको समाधान निकाल्ने कोशिश डब्ल्यूटीओको प्रक्रियाअन्तर्गत हुनेछ । यसको अर्थ साउदी अरब, बहराइन र संयुक्त अरब अमिरातले कतारसँग वार्ताको टेबलमा बस्नैपर्ने हुन्छ ।
डब्ल्यूटीओको सामान्य प्रक्रियाबाट यसको समाधान ननिस्किएमा यसलाई डब्ल्यूटीओले नै नियुक्त गरेको प्यानलले हेर्नेछ ।
साउदी अरब लगायतका मुलुकले ५ जुनमा कतारमाथि उग्रवादीहरूलाई प्रोत्साहन गरेको आरोपमा सम्बन्ध विच्छेद गरेका थिए ।
बीबीसी हिन्दीबाट