
शेयर बजार मापक सूचक नेप्से परिसूचक १९ सय ३९.८८ अंकमा झरेको छ ।
पछिल्लो समय निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधवार ११।९७ अंकले घटेको छ । बजार घटेसँगै अघिल्लो वर्ष ३२ सय विन्दुमा पुगेको र २१ अर्ब रुपैयाँ एकैदिन कारोबार हुन पुगेको शेयर बजार अर्बबाट घटेर करोडमा झरेको छ ।
बुधवार जम्मा २९ लाख ४३ हजार कित्ता शेयरको कारोबार भएको छ । यसबाट जम्मा ८२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये बुधवार २२४ कम्पनीको २ लाख ९४ हजार कित्ता शेयरको २९ हजार पटक कारोबार भएको छ ।
बुधवार बजार घटेको दिन समेत कमाउनेमा ‘म्युचुअल फण्ड’ समूह रहेका छन् । बुधवार सनराइज फस्ट म्युचुअल फण्डको शेयर मूल्य ७.७२ प्रतिशतले बढेको छ ।
बजार घटेका कारण अधिकांश कम्पनीले गुमाएका छन् । बुधवार सबैभन्दा बढी गुमाउनेमा प्राइम डिभेन्चरको ५.८८ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ५.०९ प्रतिशत छ ।