२५ जेठ २०८३, सोमबार

प्रचण्डसामु जनार्दन शर्माको आक्रोश : म त प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु

प्रचण्डसामु जनार्दन शर्माको आक्रोश : म त प्रचण्डको आलोचक हुँ, आलोचना गर्छु
फाइल फोटो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू प्रचण्डको आलोचक रहेको र आलोचना गरिरहने बताएका छन् ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा आयोजना गरेको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अर्थममन्त्री समेत रहेका शर्माले आफूले गलत कुराको आलोचना गर्ने र सही कुराको समर्थन गर्ने गर्र्दै आएको बताएका हुन् ।

उनले भने, ‘नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु ।’

सम्बोधनको क्रममा शर्माले भने, ‘नीति र नेतृत्वको रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको छु । यो मेरो दायित्व हो तर नीति र नेतृत्व सही तरिकाले अघि बढ्नुपर्छ भन्ने मेरो माग रहेको छ ।’

क्रान्तिकारी फोर्सका सदस्यहरूलाई गलत कुराको आलोचना गर्न उत्पेरित गर्दै शर्माले भने, ‘अध्यक्ष प्रचण्ड अहिले यही हुनुहुन्छ । अध्यक्षको सबैभन्दा कडा आलोचक मै हुँ । अध्यक्षको सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने पनि मै हुँ । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्दैन ।’

नेतृत्वले गलत कुरा सुन्ने र त्यसैको आधारमा धारणा बनाउन नहुने भन्दै शर्माले विद्यार्थी नेतृत्वलाई पनि त्यसो नगर्न सल्लाह दिए । 

शर्माले भने, ‘चाकडीले नेतृत्वको रक्षा हुँदैन । बरु आलोचनाले नेतृत्वको रक्षा हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्