०५ साउन २०८३, मंगलबार

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि घोषणा गरे आन्दोलनका कार्यक्रम
फाइल तस्वीर

ढुवानी भाडा वृद्धिको माग गर्दै पटक पटक आन्दोलन गरेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्ने  बुधवार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

महासंघको बुधवार बसेको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी दिए ।

अध्यक्ष बोहराले अबको यो आन्दोलनच निर्णायक आन्दोरन रहेको समेत बताएका छन् । 

‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ अध्यक्ष बोहोराले भने ।

महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने निर्णय गरेको छ । 

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ ।

निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासंघले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्