
सरकार गठन भएको १ वर्षपछि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
भदौ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो ।
सरकार गठन भएको १ वर्ष पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।