१७ असार २०८३, बुधबार

ट्रम्प प्रशासनमा खैलाबैला

कात्तिक २०, २०७४
ट्रम्प प्रशासनमा खैलाबैला

काठमाडौं, १७ साउन — ह्वाइट हाउसका सञ्चार निर्देशक एन्थोनी स्कारामुच्चीलाई पदबहाल गरेको १० दिनमै जागिरबाट निष्काशन गरिएको छ ।


वालस्ट्रीटका पूर्वलगानीकर्ता स्कारामुच्चीले एकजना पत्रकारलाई बोलाएर आफ्ना सहकर्मीहरूमाथि अश्लील गाली बर्साएको पाइएपछि निष्काशित गरिएको हो । विशेषगरी उनले रेइन्स र स्टिभ ब्याननलाई तथानाम गाली गरेका थिए ।

स्कारामुच्चीलाई नियुक्त गरेपछि ट्रम्पका चीफ अफ स्टाफ रेइन्स प्रीबस र प्रवक्ता सीन स्पाइसरले राजीनामा दिएका थिए ।

स्कारामुच्चीलाई निष्काशन गर्ने निर्णय नयाँ चीफ अफ स्टाफ जोन केलीले गरेका थिए । उनले सोमवार मात्र पदको शपथ खाएका हुन् ।

ट्रम्प आफैं पनि स्कारामुच्चीको कामबाट असन्तुष्ट रहेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।

ट्रम्पकी प्रवक्ता साराह स्यान्डर्सका अनुसार ट्रम्पले स्कारामुच्चीको टिप्पणी ‘उनको पदीय हैसियत अनुकूल नभएको’ ठानेका थिए ।

स्कारामुच्ची ट्रम्पका चर्का प्रशंसक भएपनि बढ्ता बोल्ने र अश्लील गाली पनि बक्ने भएकाले ट्रम्पले उनीप्रति सहानुभूति नराखिकन जागिरबाट निकाल्ने अनुमति दिएका हुन् ।

ट्रम्प राष्ट्रपति भएदेखि कर्मचारी ल्याउने र निकाल्ने क्रम तीव्र छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्