०९ साउन २०८३, शनिबार

एसिया कप : पाकिस्तान फाइनलमा, भारत बाहिरियो

भदौ २३, २०७९
एसिया कप : पाकिस्तान फाइनलमा, भारत बाहिरियो

युएईमा जारी एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ।

सारजाह क्रिकेट रंगशालामा बुधबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १ सय ३० रनको लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ९ विकेट गुमाएर  पूरा गर्यो ।

पाकिस्तानका लागि सादाब खानले ३६ रन तथा इफ्तिखर अहमदले ३० रन बनाए। मोहम्मद रिजवानले २० तथा आसिफ अलिले १६ रन बनाए।

नशिम शाहले अविजित १४ रन बनाए। फकर जमामले ५ तथा मोहम्मद नवाजले ४ रन बनाए।

अफगानिस्तानका फैजल फारुकी र फरिक अहमदले समान ३/३  विकेट लिए । राशिद खानले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ईब्राहिम जाड्रानले तथा हर्जलुल्लाह जाजइले २१ रन बनाए । रशिद खानले अविजित १८ तथा रहमानउल्लाह गुर्बाजले १७ रन बनाए ।

करिम जनतले १५ तथा नजिबउल्लाह जाड्रान र अजमतुल्लाह उमरजाईले समान १०/१० रन बनाए ।

पाकिस्तानका हरिस राउफले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, सादब खान र मोहमद नवाजले १/१ विकेट लिए ।

यस जितसँगै पाकिस्तानले एसिया कपको फाइनलमा स्थान बनाएको छ । पाकिस्तानसँगै श्रीलंका पनि फाइनल पुगेको छ ।

हारसॅंगै अफगानिस्तान र भारत भने एसिया कपबाट बाहिरिएका छन्।

सुपर चारमा पाकिस्तान २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

४ अंक जोडेको श्रीलंका शीर्ष स्थानमा  रहेको छ ।

भारत र अफगानिस्तानले अंक जोड्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्