२९ जेठ २०८३, शुक्रबार

अनधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरले जारी गर्‍यो सूचना, अटेरी गरे कारबाही

अनधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरले जारी गर्‍यो सूचना, अटेरी गरे कारबाही

काठमाडौं महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ ।

महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

महानगरले मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको जनाएको छ । 

कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ ।

सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । 

सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्