१८ असार २०८३, बिहीबार

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई बुधवार राति पक्राउ गरेको हो । 

मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनलाई कारबाही गरिएको थियो । त्यसक्रममा प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्