×

NMB BANK
NIC ASIA

कांग्रेसले १०० सिटमा उम्मेदवारी नदिँदा पार्टीमा विद्रोहको अवस्था आउन सक्छ: शेखर कोइराला

भदौ २३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा १०० सिटभन्दा कम लिएर चुनावमा जाँदा पार्टीभित्रै विद्रोह हुनसक्ने चेतावनी दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

विपी जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले जनकपुरमा बिहीवार आयोजना गरेको ‘विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो गठबन्धन विचित्रको छ । एकातिर जननायक विपी कोइरालाले दिनु भएको विचार र सिद्धान्त बोकेको कांग्रेस छ । अर्कातिर आफूलाई कम्युनिष्ट भन्नेहरू छन् । उनीहरूसित हाम्रो केही कुरा पनि मिल्दैन । विचार र सिद्धान्त नमिले पनि गठबन्धन गर्‍यौँ’, कोइरालाले भने । 


Advertisment
Nabil box
Kumari

एमालेले संविधानलाई ‘डिरेल’ गर्ने प्रयास गरेको कारण गठबन्धन बनेको र गठबन्धन पवित्र हो वा अपवित्र भन्ने कुरा चुनावपछि मात्रै थाहा हुने उनले बताए । एमालेलाई परास्त गर्नको लागि मात्रै गठबन्धन बनेको उनले दाबी गरे । 

Vianet communication
Laxmi Bank

तर, गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसके विद्रोह र विग्रह हुने कोइरालाले बताए ।

‘गठबन्धन एकल बहुमत ल्याउन गर्ने हो । पाँच वर्ष स्थायी सरकार दिन्छौँ, भनेका छौँ । सरकार बनाएर जान मात्रै गठबन्धन सोचेको भए त्यसले हामीलाई अप्ठ्यारो पार्छ । बहुमत बनाउन कांग्रेसले सय सिट लिनुपर्छ, नत्र हुँदैन’, उनले भने । 

माओवादी र समाजवादीहरू कांग्रेसलाई सय सिट दिन तयार नभएको र गठबन्धन गर्दा धेरै सिट घट्न सक्ने उनले बताए । 

‘उहाँहरू सय सिट दिन तयार हुनुहुन्न । हामीले १६५ सिटमै उठ्यौँ भने पनि नपुग्ने अवस्था छ । तालमेल गर्दा धेरै सिट घट्न सक्छ । त्यसले हामीबीच विग्रह र विद्रोह आउँछ । कांग्रेसमा समस्या बढ्न सक्छ’, कोइरालाले भने । 

अहिलेको सरकारले गरिरहेको कामबारे पनि कोइरालाले प्रश्न उठाएका छन् । संक्रमणकालीन विषयसँग सम्बन्धित विधेयक र मिडिया काउन्सिल विधेयक गम्भिररूपमा अगाडि आइरहेको उनले बताए । पीडितले पुनरावेदन गर्ने अवसर पनि नदिने गरी विधेयक आएको भन्दै उनले त्यसलाई पुनर्विचार गर्नुपर्ने बताए । 

स्थानीय तहमा आवश्यकताको आधारमा गठबन्धन भएको तर, अहिले भने केन्द्रबाटै गठबन्धन गर्ने निर्णय भएको उनले बताए । 

चुनावको मिति घोषणा गरेर अर्को संसद् नबन्जुलेसम्म अहिलेको संसदको कार्यकाल हुने गरी विधेयक ल्याउन लागिएको तर, सञ्चारमाध्यमले त्यसमा प्रश्न उठाएपछि सच्चिएको पनि कोइरालाले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x