२३ असार २०८३, मंगलबार

‘नेपाल ट्यालेन्ट हन्ट’ : निर्णायकमा निर, गौरी र सुगम

‘नेपाल ट्यालेन्ट हन्ट’ : निर्णायकमा निर, गौरी र सुगम

टेलिभिजन रियालिटी शोमा नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’ले डिजिटल अडिसन शुरु गरेको छ । आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । 

रियालिटी सो का निर्णायकहरू निर शाह, गौरी मल्ल र सुगम पोख्रेल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस सोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् । यो रियालेटी सो हरेक शनिवार र आइतवार एपिवान टेलिभिजनबाट प्रसारण हुने छ । अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो बनाई [email protected] मा पठाउनुपर्नेछ । 

अडिसन भदौ २९ गतेसम्म खुला रहने छ । सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै प्रतिभा पनि प्रस्तुत गर्न सक्ने छन् ।  यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्