१७ असार २०८३, बुधबार

पाशुपत क्षेत्रका अव्यवस्थित संरचना तत्काल हटाउन निर्देशन

पाशुपत क्षेत्रका अव्यवस्थित संरचना तत्काल हटाउन निर्देशन

काठमाडौं महानगरपालिका वडा–८ का वडा अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर रहेका अवैध संरचनाहरू तत्काल हटाउन व्यवसायीहरूलाई निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचनाहरू तत्काल अटाउन आग्रह गर्दा अटेर गरेको भन्दै बिहीवारबाट अव्यवस्थित संरचना हटाउन थालिएको छ ।

पटक–पटक आग्रह गर्दासमेत व्यवसायीहरूले नमानेपछि आफै फिल्डमा उत्रिनु परेको वडाध्यक्ष संगतले बताए । उनले काठमाडौं महानगरले अव्यवस्थित संरचना हटाउँदै आइरहेको र वडाध्यक्षहरूको यसमा साथ र समर्थन रहेको बताए । उनले अव्यवस्थित संरचनाहरू खाली गराउन सके सबैमा समस्याको समाधान हुने बताए । 

पाशुपत क्षेत्रका पसल व्यवसायीहरूलाई आग्रह गरिएको र यसलाई अवज्ञा गर्दै गए शुक्रवारदेखि नै महानगरले सामान उठाएर लानेसमेत संगतले चेतावनी दिए । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाहरू भाडामा दिएर भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचनाहरू बन्द गरिएको समेत वडाअध्यक्ष संगतले जानकारी दिए । 

अव्यवस्थित संरचनामा व्यापार व्यवसाय गर्दै आइरहेका व्यापारीहरूले चाडवाडको बीचमा रोजीरोटी गुम्ने अवस्था आएकोले महानगर तथा वडाको सूचनालाई आत्मसात गर्दै संरचना तथा पसलहरू तत्काल हटाउने बताएका छन् । 

केही गर्न खोज्दा एकपक्षलाई फाइदा तथा अर्को पक्षलाई घाटा हुने बताउँदै उनीहरूले सबैको राम्रो हुने कामलाई साथ सहयोग गर्ने आग्रहसमेत व्यक्त गरेका छन् । काठमाडौं महानगर पालिकाले हाल महानगरभित्र रहेका अवैध संरचनाहरू हटाउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्