१७ असार २०८३, बुधबार

जसपा गठबन्धनबाट बाहिरिने हल्लाबारे सञ्चारमन्त्री–कल्पनाबाहिरको कुरा

जसपा गठबन्धनबाट बाहिरिने हल्लाबारे सञ्चारमन्त्री–कल्पनाबाहिरको कुरा

सञ्चारमन्त्री तथा सत्ता गठबन्धनको सिट फाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जसपा गठबन्धनबाट बाहिरिने कुरा कल्पनाबाहिरको रहेको बताएका छन् । उनले न्यायोचित ढंगले सिट बाँडफाँट हुने भन्दै सबैले जितेको भाव प्रस्तुत गरिने बताए । 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हु्न् ।  ‘न्यायोचित ढंगले सिटको बाँडफाँड हुन्छ । सबैले मैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाट हुन्छ’, सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘जसपा गठबन्धनबाट बाहिर हुन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो ।’
सिट फाँडफाँटमा जसपाका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्