२५ जेठ २०८३, सोमबार

रवि लामिछानेको पार्टीले चुनावी तालमेल गर्ने, यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय

रवि लामिछानेको पार्टीले चुनावी तालमेल गर्ने, यस्ता छन् केन्द्रीय समिति बैठकका निर्णय

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि बिहीबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न दल तथा उम्मेदवार बन्न योग्य व्यक्तिसँग संवाद, चुनावी तालमेल, कार्यगत एकता समेत गरी पार्टीको प्रारम्भिक निर्वाचन प्रक्रियामा सहभागी गराउन उच्च स्तरीय अधिकार सम्पन्न वार्ता समिति गठन गरेको छ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यहरु गणेश पराजुली,  डा अरनिको कुमार पाँडे,  सुमना श्रेष्ठ र  गणेश कार्की सदस्य रहेको प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 यद्यपि सो पार्टीले हाल संसदमा रहेका दलहरुसँग भने चुनावी तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ । बिहीबारकै बैठकले  डा अरनिको कुमार पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई  केन्द्रीय समितिमा मनोनित गरेको ढकालको भनाइ छ । 
यस्तै पार्टीले यसअघि गठन गरेको निर्वाचन घोषणापत्र तयारी समिति पनि पुनर्गठन गरेको छ । जसअनुसार अरनिको कुमार पाँडेको संयोजकत्वमा  विपिन कुमार आचार्य,  गणेश पराजुली, महेश्वर घिमिरे, सोविता गौतम, डा प्रभात अधिकारी,  विष्णु कुमार श्रेष्ठ, कुसुम महर्जन र  रामकृष्ण भट्टराई सदस्य चयन गरिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्