१७ असार २०८३, बुधबार

चीनद्वारा छ देशमा राजदूत नियुक्त

भदौ २३, २०७९
चीनद्वारा छ देशमा राजदूत नियुक्त

चीनको तर्फबाट छ देशका लागि नयाँ राजदूतहरू नियुक्त गरिएको छ ।  चिनियाँ नेशनल पिपल्स काँग्रेस अन्तर्गतको स्थायी कमिटीको निर्णय अनुसार ती राजदूतहरू नियुक्त भएका हुन् । उनीहरूलाई राष्ट्रपति सि जिनपिङले नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

नयाँ राजदूत मध्ये गाबोनका लागि लि जिन्जीनलाई जिम्मेवारी दिइएको छ । त्यस ठाउँमा पहिला हु चाङचुनले जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसैगरी गाम्बीयाका लागि चिनियाँ राजदूतको रुपमा लिउ जिनलाई नियुक्त गरिएको छ । त्यहाँ यसअघि मा जियन्चुनले जिम्मेवारी सम्हालेका थिए । 

त्यसैगरी पूर्वी अफ्रिकी मुलुक मालावीमा लिउ होङयाङको सट्टामा लोङ झाउलाई पठाइएको छ । 

युरोपेली मुलुक लक्ष्यमबर्गमा चिनियाँ राजदूतको भूमिका निर्वाचन गर्दै आएकी याङ छिओरोङलाई फिर्ता गरिएको छ । उनको ठाउँमा हु निङलाई पठाइएको छ । 

त्यसैगरी भुनअटुमा लि मिन्गाङलाई राजदूत बनाइएको छ । 

चीनले पेरुका लागि सोङ याङलाई राजदूत बनाएको छ । यसअघि पेरुमा चिनियाँ राजदूतको रुपमा काम गर्नु भएका लियाङ युलाई अहिले फिर्ता गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्