
काठमाडौं, १७ साउन — राजमा प्रायः सबैलाई मन पर्छ । बरू पालक धेरैले मन नपराउन सक्छन् । यहाँ हामी राजमा पालक करी बनाउने तरिका सिकाउँछौं । स्वादमा स्वाद, स्वास्थ्यमा स्वास्थ्य ।

सामग्री
२५० ग्राम टमाटर
दुईवटा हरियो खुर्सानी
एक चिम्टी अदुवा
डेढ लिटर पानी
३०० ग्राम पालक
तीन चम्चा तेल
एक चिम्टी हिंग
आधी चम्चा जीरा
एक चिम्टी बेसार
एक चिम्टी धनियाँ
एक चिम्टी रातो खुर्सानीको धूलो
एक चम्चा नून
१०० ग्राम उमालेको राजमा
विधि
ब्लेन्डरमा टमाटर, हरियो खुर्सानी र अदुवा हालेर पेस्ट तयार पार्नुस् ।
एउटा प्यानमा पानी उमाल्नुस् र पालक हालेर तीनदेखि पाँच मिनेट पकाउनुस् । त्यसपछि यसलाई ब्लेन्डरमा पिस्नुस् ।
एउटा कराहीमा तेल तताउनुस् । त्यसमा हिंग, जीरा, बेसार र धनियाँ हालेर भुट्नुस् ।
अब यसमा टमाटरको पेस्ट हाल्नुस् र मज्जाले भुट्नुस् । त्यसपछि रातो खुर्सानी, पालक र नून हालेर मिक्स गर्नुस् ।
उम्लेको राजमा हालेर मज्जाले मिक्स गर्नुस् र तीन मिनेटसम्म पकाउनुस् ।
लौ, तयार भयो राजमा पालक करी । यसलाई फ्रेश क्रीमका साथ सजाएर पस्किनुस् ।
एजेन्सी