भारतले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन एक दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
सरकारले आइतबार एक दिने राष्ट्रिय शोक मनाउने भएको हो । महारानीप्रति सम्मान व्यक्त गर्न सरकारले एक दिने राष्ट्रिय शोक मनाउने निर्णय गरेको भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महारानी एलिजावेथ द्वितीयाको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । यस्तै नेपालले तीन दिन शोक मनाउने निर्णय गरेको छ।