०९ असार २०८३, मंगलबार

पूर्वराजदूत खतिवडाको निधन

कात्तिक २०, २०७४
पूर्वराजदूत खतिवडाको निधन


काठमाडौँ, १७ साउन - बंगलादेशका लागि नेपालका पूर्वराजदूत प्रदीपकुमार खतिवडाको ६८ वर्षका उमेरमा सोमबार निधन भएको छ । 


लामो समयदेखि घाँटीको अर्बुद रोगबाट पीडित उहाँको सोमबार साँझ निधन भएको उहाँकी बहिनी प्रतिभा सुवेदीले राससलाई जानकारी दिनुभयो । सोमबार राति नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । निःसन्तान उहाँलाई भाइ निर्मलले दागबत्ती दिनुभएको थियो । 

केही महिना परराष्ट्र मन्त्रालयका निमित्त सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका खतिवडाले झण्डै तीन दशकसम्म कूटनीतिक कर्मचारीका रुपमा विश्वका विभिन्न मुलुकमा सेवा गर्नुभएको थियो । माध्यमिक र उच्चमाध्यमिक तहको बीजगणित पुस्तकका लेखक उहाँले कूटनीतिक सेवामा प्रवेश गर्नुअघि प्राध्यापन गर्नुभएको थियो । स्व खतिवडाकी श्रीमती हुनुहुन्छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्