०५ असार २०८३, शुक्रबार

दार्चुलाको पहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन [क्षतिकाे विवरणसहित]

दार्चुलाको पहिरो पीडितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन [क्षतिकाे विवरणसहित]

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी घाइते भएका र प्रभावित भएकाहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनको निर्देशनपछि गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणी पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाएका छन् । 

गृह मन्त्रालयका प्रवक्तासमेत रहेका पोखरेलले बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको जानकारी दिए । घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको छ ।  

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार शुक्रवार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको ७ जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको डिआईजी आचार्यले जानकारी दिए ।  

गृहमन्त्री खाणले बाढी पहिरो विस्थापितलाई तत्कालिन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएको दार्चुलाका प्रजिअ उपाध्यायले बताए । सरकार नागरिकको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि कुनै कसुर बाँकी नराख्न उनले गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

बाढीले लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ, भने १ ट्याक्टर र १ अल्टो कार बगाएको प्रहरी जनाएको छ ।

अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।

गृहमन्त्रालयका अनुसार मृत्यु, बेपत्ता, घाइते र सवारी साधन क्षतिबारे विवरण

मानिस मृत्युः

१. जि. दार्चुला म.न.पा २ मुल्ला मोड बस्ने वर्ष अ. ७७ को नन्दराम बोहोरा ।
२. जि. दार्चुला नौगाड गा.पा.२ दल्लेख बस्ने वर्ष ६८ को मोहन राम पार्की ।
३. जि. दार्चुला म.न.पा. ३ बस्ने वर्ष अ. ३५ कि मानमती कार्की
४. जि. दार्चुला नौगाड गा.पा. १ सल्ला बस्ने वर्ष अ. ३२ कि जानकी ठगुन्ना ।
५. जि. दार्चुला नौगाड गा.पा. १ बस्ने वर्ष १५ कि धनुली ठगुन्ना ।

मानिस घाइते

१.    नौगाड गा.पा. १ सल्ला बस्ने वीरे ठगुन्ना । (सेनाको हेलिकप्टरद्वारा  जिल्ला अस्पताल दार्चुलामा उपचारको लागि ल्याएको) 
२.    ए.ऐ. बस्ने वर्ष ३४ कि रम्भा ठगुन्ना । (सेनाको हेलिकप्टरद्वारा जिल्ला अस्पताल दार्चुलामा उपचारको लागि ल्याएको)  
३.    ऐ.ऐ बस्ने वर्ष ३४ फागुनी ठगुन्ना । (सेनाको हेलिकप्टरद्वारा  जिल्ला अस्पताल दार्चुलामा उपचारको लागि ल्याएको)
४.    ऐ.ऐ. बस्ने वर्ष ४१ को जयबहादुर ठगुन्ना । (सेनाको हेलिकप्टरद्वारा  जिल्ला अस्पताल दार्चुलामा उपचारको लागि ल्याएको)
५.    ऐ.म.न.पा–२ मैखोली बस्ने वर्ष ६४ को हर्कसिंह शाहु । (घटना स्थलमा रहेको) 
६.    ऐ.म.न.पा. ४ बस्ने अमर सिंह पार्की ।
७.    ऐ.ऐ बस्ने मुसि पार्की ।
८.    ऐ.ऐ नौगाड ६ बस्ने वर्ष ३० को राम टमाटा (महाकाली नदीबाट उद्धार गरिएको )

मानिस बेपत्ताः

१. जि. दार्चुला म.न.पा. ३ डुङ्ग्रि बस्ने धनसिंह कार्की ।
२. ऐ.ऐ. बस्ने निजकै छोराहरू दिपक कार्की र दिनेश कार्की ।
३. ऐ.ऐ. २ बस्ने हर्कसिंह शाहुकी श्रीमती मानमती शाहु । 
४. दुहुँ गा.पा. घर भई हाल म.न.पा १ लास्कु पारी डेरा गरी बस्ने वर्ष ३२ की मन्जु लुहार ।
५. ऐ.ऐ बस्ने वर्ष २७ को दिनेश लुहार ।
६. ऐ.ऐ बस्ने वर्ष ३ कि डल्ली लुहार ।
७. ऐ.ऐ बस्ने वर्ष २५ का साजन लुहार ।

सवारी साधनको क्षतिः

१. जि.दार्चुला ब्यास गा.पा. ६ बस्ने जनक बमको से.१ ज २९३ नं.को बोलेरो जिप बगाई बेपत्ता ।
२. ऐ.ऐ. बस्ने दिलबहादुर बमको से १ ज ६८३ नं. को बोलेरो जिप बगाई बेपत्ता ।
३. जि.दार्चुला दुहु गा.पा. ४ बस्ने दीपेन्द्र बमको से १ज ९८२ नं. को बोलेरो जिप बगाई बेपत्ता ।
४. ऐ.ऐ. ३ श्रीबगर बस्ने नरेन्द्र बम को सु.प.प्र.०१००१ च. ३०८७ नं.को अल्टो कार बगाई बेपत्ता ।
५. ऐ. महाकाली न.पा. ४ बस्ने लालसिंह धामीको म १ च ४२२ नं. को बोलेरो जिप र निजकै सु.प.प्र. ०१००१ च. २६७६ नं.को बोलेरो जिप बगाई बेपत्ता ।
६. ऐ. दुहुं गा.पा. ४ बस्ने मा सिंह महराको सु.प.प्र. ०१००१त १४३७ नं. को ट्याक्टर बगाई बेपत्ता ।

salt training

कमेन्ट गर्नुहोस्