२७ जेठ २०८३, बुधबार

एक्लाएक्लै लडे गठबन्धनमा रहेका सबै दलले हार्छन्ः कमल थापा

एक्लाएक्लै लडे गठबन्धनमा रहेका सबै दलले हार्छन्ः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गठबन्धनमा रहेका दलहरू हार्ने डरले राजनीतिक सिन्डिकेट खडा गरेर निर्वाचनमा जान लागेको बताएका छन् । शनिवार राप्रपा नेपालले आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारीहरुले बजारमा सिन्डिकेट खडा गरेर आफ्नो भाउ बढाएजस्तै प्रमुख राजनितिक दलहरूले एक्ला–एक्लै निर्वाचनमा लड्दा हार्ने डरले सिन्डिकेट खडा गरेर निर्वाचनमा जान लागेको बताएका हुन् । 

उनले एक्ला–एक्लै निर्वाचनमा लड्दा भ्रष्ट्र नेताहरुलाई जनताले हराउने हुँदा आफ्नो सुरक्षाको लागि गठबन्धन गरेको आरोप लगाए । हिजो माओवादीको टाउको मूल्य तोक्ने कांग्रेस, मधेशवादी दलहरूले विचार तथा सिद्धान्तलाई लत्याउँदै गठबन्धन गरेको अध्यक्ष थापाको आरोप छ । 

अघिल्लो निर्वाचनमा बहुमत ल्याएर बनेको नेकपा एमालेको सरकारलाई असफल बनाएर बनेको परमादेशको सरकार विदेशी शक्तिको आडमा  चलेको थापाको आरोप छ । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू मकवानपुर क्षेत्र नम्बर १ उम्मेदवार बन्ने जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्