
काठमाडौं, १७ साउन — अमेरिकी सेनाले उत्तर कोरियाली पनडुब्बी गतिविधि ‘अत्यन्त असाधारण र अभूतपूर्व स्तरमा’ बढेको र पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार परीक्षण गरेको प्रमाण फेला परेको पत्ता लगाएको छ ।

सिन्पो नेभल शिपयार्डको जमिनमा गरिएको उक्त परीक्षण जुलाई महिनाको तेस्रो घटना हो । अमेरिकी रक्षा अधिकारीका अनुसार उत्तरले पनडुब्बी प्रहार क्षमता बढाउने परीक्षण गरेको छ ।
उत्तर कोरियाले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर चिन्ता बढाइरहेका बेलामा पनडुब्बी गतिविधि समेत गरेको छ ।
अन्तर्महादेशीय क्षेप्यास्त्रले अमेरिकी शहरहरू लस एन्जेलस, डेनभर र शिकागोलाई जोखिममा पार्न सक्छ ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई तह लगाउन आफ्नो प्रशासन सक्षम भएको पत्रकारहरूलाई बताएका छन् ।
सीएनएनबाट