२८ असार २०८३, आइतबार

प्रहरी महानिरीक्षक सिंह यूएनकप्स समिटमा सहभागी भई स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक सिंह यूएनकप्स समिटमा सहभागी भई स्वदेश फिर्ता

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी स्वदेश फर्किएका छन् । समिटमा सहभागी भई उनी शनिवार स्वदेश फर्किएको नेपा प्रहरीले जानकारी दिएको छ । 
प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरे । 

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र एफोरपी र एफवरपी प्लसको कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए । 

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले चर्चा गरे । साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गरे । साथै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उनले उल्लेख गरे ।

भदौ १५ गते शुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो । उक्त समिटमा नेपालको तर्फबाट ४ सदस्यीय टोली सहभागी भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्