नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले दार्चुला बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । वाईसीएल नेपाल अध्यक्ष सुबोधराज सेर्पालीले बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति र बेपत्ताको यथाशीघ्र खोजबिन गर्न सरकारसँग माग गरेका छन् । साथै वाइसीएल नेपालले दार्चुला जिल्ला कमिटी, सुदुरपश्चिम प्रदेश कमिटी, केन्द्रीय पदाधिकारी, केन्द्रीय कमिटि सदस्य लगायत सम्पूर्ण मातहतका कमिटीलाई राहत तथा उद्दार कार्यमा सक्रियताका साथ लाग्न निर्देशन जारी गरेको छ ।
लगातारको वर्षापछि हिजो गएको बाढीपहिरोमा परि पाँचजनाको मृत्यु भएको छ भने दश जना बेपत्ता भएका छन् । दार्चुला जिल्लामा भएको क्षतिमा वाईसीएलले केन्द्रीय पदाधिकारीबाट आर्थिक संकलन गरि सहयोगको लागी सहभागी हुन अपिल पनि गरेको छ ।