२३ जेठ २०८३, शनिबार

तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, सोमवार सकिँदै

तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, सोमवार सकिँदै

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ । 

सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिवार मात्रै २२ हजार पुगेको हो । 

बिहीवारदेखि शुरू भएको एक्स्पोमा शनिवारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । 

कम्पनीका अनुसार बिहीवार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार १६ हजारले अवलोकन गरेका थिए । आइतवार र सोमवार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने कम्पनीले जनाएको छ ।

“अघिल्ला २ दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिवार २२ हजारले अवलोकन गरेका छन्,” इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । 

प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गरेका छन । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ । अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत प्रवेश पास पाउन सकिनेछ । 

एक्स्पोकै अवसरमा शुक्रवार र शनिवार प्रदर्शनीस्थलमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा लायन्स क्लब अफ काठमाण्डौं सेन्ट्रलसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । 

कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको संघका प्रथम उपाध्यक्ष मनीष अग्रवालले जानकारी दिए । 

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको छ भने हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् ।

एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ । 

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको समर्थन छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।

यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ । 

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स नेपाल) को आयोजना हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्