२५ जेठ २०८३, सोमबार

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

होटल बाराहीलाई उत्कृष्ट उद्योगको सम्मान

हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । 

पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका छन् । 

होटल बाराही ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले शुरू गरेका हुन् । 

पौडेलले हस्पिट्यालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरु विप्लव र वैभव आफ्नो बुवाको पदचाप पछ्याउँदै सोही व्यवसायमा आवद्ध छन् । 

सामान्य स्तरबाट शुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको निर्देशक पौडेलले बताए ।

पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाएको बाराहीमा अहिले ८० कोठा रहेका छन्, जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन् । 

आकर्षक स्वीमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा पनि रहेको पौडेलले बताए ।  

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, बब्स जिम सञ्चालनमा छन् भने काठमाडौंको ठमेलमा चार तारे बाराही काठमाडौं सञ्चालनको तयारीमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्