११ साउन २०८३, सोमबार

चोलेन्द्रसँग चौथो दिनको बयान लिँदै महाभियोग सिफारिस समिति

चोलेन्द्रसँग चौथो दिनको बयान लिँदै महाभियोग सिफारिस समिति

प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आइतवार चौथो दिनको बयान लिने भएको छ ।

भदौ १५ गतेबाट शुरू भएको बयान यसअघि तीन दिन चलेको थियो । 

समितिले तयार पारेका ४३ मध्ये ११ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् ।

पहिलो दिनको बयानमा व्याख्यात्मक जवाफ दिएका जबरासँग तेस्रो दिनबाट छोटो बयान भइरहेको छ । 

आइतवार मध्यान्ह साढे १२ बजे समितिको बैठक बस्दैछ ।

अदालतमा भ्रष्टाचारलाई बढावा दिएको, मन्त्रिपरिषद्मा भागवण्डा खोजेको जस्ता आरोप लगाउँदै जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रतिनिधि सभाको कार्यकाल सकिनै लाग्दा जबराविरुद्धको महाभियोग प्रक्रियामा गएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्