१२ साउन २०८३, मंगलबार

माओवादी नेता पुनलाई फेरि कोरोना संक्रमण

माओवादी नेता पुनलाई फेरि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’लाई कोरोना संक्रमण भएको छ । पुनलाई आइतवार कोरोना संक्रमण पुष्टि भएको हो । 

ज्वरो आउने र शरीर दुख्ने लक्षण देखिएपछि शुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो । दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो । 

पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् । संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा समेत गएनन् । पुन चिकित्सकको सुझावअनुसार कम्तिमा पाँच दिन होम आइसोलेसनमै बस्ने उनको सचिवालयले जनाएको छ । यसअघि पनि उनलाई कोरोना संक्रमण भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्