
सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई आइतवार जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले ११० भूमिहीन सुकुम्वासी घरपरिवारलाई लालपुर्जा वितरण गरिन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म ५० हजार भन्दाबढी भूमिहीनहरुलाई लालपुर्जा वितरण गरिएको जानकारी दिइन् । जसमा गाउँब्लक, पुनः नापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोगमार्फत करिब एक हजार घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।