
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन लक्षित अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका उनले पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।
मुख्यमन्त्री पाण्डेले काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा विभिन्न नवप्रवेशीलाई पार्टीमा स्वागत गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ४० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, खोटाङ, स्याङ्जा, दोलखा, पाँचथरसहित विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।