१८ असार २०८३, बिहीबार

मिडिया मालिकविरुद्ध चोलेन्द्रको आक्रोश– कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ !

मिडिया मालिकविरुद्ध चोलेन्द्रको आक्रोश– कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ठूला मिडिया हाउस र त्यसका संचालकमाथि समेत खनिएका छन्। ठूला मिडिया हाउसका मालिक ठूला मुद्दामा संलग्नता हुने गरेको र दलाली गर्ने गरेको उनको आरोप छ। 

प्रतिनिधि सभाको महाभियोग सिफारिस समिति समक्ष आइतवार बयान दिने क्रममा जबराले मिडिया मालिकलाई मुछेका हुन् । कान्तिपुरको नामै लिएर उनले त्यसका संचालक कैलाश सिरोहियाकाे सम्पत्ति पनि छानबिन हुनुपर्ने माग गरे । उनले केही वरिष्ठ अधिवक्ताको सम्पत्ति समेत छानबिन हुनुपर्ने बयानका क्रममा बताए । 

प्रधानन्यायाधीशलाई जति सक्यो त्यति बदनाम गर्ने काम भएको दावीसहित चोलेन्द्रले भने-' कान्तिपुरका संचालक कैलाश सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ !'

चोलेन्द्रले यसअघि राजनीतिक दलका नेता, सर्वोच्चकै न्यायाधीश र वरिष्ठ अधिवक्ताहरुको समेत नाम लिएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्