१२ साउन २०८३, मंगलबार

ली चान्सु आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यसूची

ली चान्सु आज नेपाल आउँदै, यस्तो छ भ्रमणको कार्यसूची

चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु तीनदिने औपचारिक नेपाल भ्रमणका लागी आज काठमाडौं आउँदै छन् । 

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन्। 

चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत आउने कार्यक्रम रहेको छ ।

सोमवार नै सभामुख सापकोटा र लीले दुई देशीय वार्ता गर्ने कार्यसूची रहेको छ ।  सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा सोमवार साँझ रात्रिभोजको आयोजना गर्नेछन् । 

भ्रमणको दोस्रो दिन मंगलवार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष शिष्टाचार भेट गर्ने कार्यसूचीमा उल्लेख छ । 

सोही दिन उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि छुट्टै भेट गर्नेछन् । 

बुधवार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

परराष्ट्र मन्त्रालयले अध्यक्ष ली चान्सु भदौ २९ गतेसम्म नेपालमा रहने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्