०५ साउन २०८३, मंगलबार

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आज चार खेल

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आज चार खेल

नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको पाँचौं दिन आज सोमवार चार खेलहरु हुँदैछन् ।

सोमवार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।

टियुमा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बाट शुरू हुनेछ ।

टियुमा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे शुरू हुनेछ ।

मुलपानी मैदानमा हुने पहिलो खेलमा प्रदेश नम्बर १ र एनआरएनएबीच प्रतिस्पर्धा हुने तालिका छ । यस खेल बिहान ९:१५ बजे शुरू हुनेछ ।

मुलपानी मैदानमा हुने दोस्रो खेलमा बागमती प्रदेश र नेपाल एपीएफ क्लब बिच खेल हुनेछ । यस खेल दिउँसो १:१५ बजे शुरू हुनेछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।  

प्रतियोगितामा तीन विभागीय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्