×

NMB BANK
NIC ASIA

अझै निर्माण सम्पन्न हुन सकेन कान्द्रा पुल, स्थानीयलाई दुःख

भदौ २७, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कैलालीको भजनीका स्थानीयका लागि कान्द्रा नदीको सास्तीबाट स्थानीयले छुटकारा पाउन सकेका छैनन् । यसले सयौंको ज्यान लियो । हजारौंलाई विस्थापित बनायो भने हजारौं बिघा खेतीयोग्य जमिन नष्ट गर्‍यो ।

Muktinath Bank

नदीमा २०६८ सालदेखि पक्की पुल बनेपछि दुःखका दिन बिस्तारै जाने आशामा बसेका नागरिकका लागि १ दशक बित्दा पनि त्यो आशाले सार्थकता पाउन सकेन ।
   
हुलाकी राजमार्गअन्तर्गत निर्माण हुन लागेको पुल निर्माण सम्पन्न भए भजनीलाई मात्रै होइन हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई समेत सहज हुने थियो । ‘पुलको शिलान्यास हुँदा भजनीवासीको खुशीको सीमा थिएन । सबैका आँखामा खुशीको आँसु थियो । आज त्यहीँ आँसु दुःख परिणत भएर बसेको छ,’ भजनी नगरपालिका–३ का सुदर्शन चौधरीले भने, ‘हिउँदमा सधैं आशा लाग्छ यो वर्षात्मा पुल चढ्न पाइने भयो भनेर तर बर्खा लाग्छ हाम्रो बाध्यताको रुप फेरिँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिउँदमा निर्माण कम्पनीले पुल निर्माणका लागि सधैं निर्माण सामग्री पुलको निर्माणस्थलमा पुर्‍याउने गरेको जनाउँदै उनले जेठ लागेसँगै सबै सामान बेचेर ठेकेदार सम्पर्कविहीन बन्ने गरेको बताएका छन् ।
 
पुल निर्माणको थालनी भएपछि मात्रै देशमा ३ निर्वाचन भइसकेका छन् । ती निर्वाचनमा कान्द्राको पुल सम्पन्न गर्ने ‘एजेन्डा’ सबै राजनीतिक दलबाट चुनाव लड्ने उम्मेदवारले प्राथमिकतामा राख्ने गरेका छन् । यसलाई प्राथमिकतामा राखेका उम्मेदवार चुनाव जितेसँगै बिर्सने गरेको भजनी नगरपालिका–१ का कैलाश चौधरी बताउँछन् । ‘पुल सधैं एजेन्डा बन्छ तर सम्पन्न कहिल्यै हुँदैन,’ उनले भने, ‘यसपटक भने पुस महिनाभित्र पुल सम्पन्न गर्ने आश्वासन निर्माण कम्पनीले दिएको खबर आश गरौं पुल बन्छ कि ?’
  
भजनी नगरपालिकाले निर्माण कम्पनीले यस वर्ष पनि पुल निर्माण नभए आफ्नै स्रोतबाट बाँकी काम सम्पन्न गरी आवागमनलाई सहज बनाउने तयारी समेत थालेको छ । नगरपालिकाले पुलको बाँकी कामका लागि हुन आउने खर्चको लागत अनुमानसमेत तयार पारेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘संघीय मन्त्रालयसँग समन्वय गर्दा पुलको काम पुस महिनाभित्र सम्पन्न गर्ने आश्वासन पाएका छौं । त्यहाँसम्म पनि पुलको काम अगाडि बढ्न सकेन भने नगरपालिकाको अन्य विकास बजेट कटौती गरेर पनि पुलको काम यसै वर्ष पूरा गर्छाैं,’ उनले भने, ‘पुस महिनासम्म हेर्छाैं, भएन भएन भने हिउँदे अधिवेशनबाट बजेट विनियोजन गरी पुलको काम अगाडि बढ्छ ।’ 

Vianet communication
Laxmi Bank

नगरपालिकाले गरेको पुलको लागत अनुमानअनुसार १ करोड ५० लाख रुपैयाँमा बाँकी काम सम्पन्न हुने देखिएको छ । ‘पुल हाम्रो क्षेत्रका लागि समस्या मात्रै भएन । यसले विकासमा नै प्रश्न उठाउन थाल्यो,’ नगर प्रमुख चौधरीले भने, ‘एउटै विकासको कामका लागि ११ वर्ष कुर्नुपर्ने अवस्था पुलकै कारण हाम्रा अगाडि हुँदा नागरिकलाई विश्वास दिलाउन समेत कठिन हुँदै गएको छ ।’ 
 
पुल निर्माणका लागि लामा, शाल्पा, शेर्पा, तिरुवा जेभीसँग ४ करोड ४३ लाख रुपैयाँमा २०६८ सालमा ठेक्का भएको थियो । पटक–पटक म्याद थप भए पनि पुल निर्माण हुन सकेन । हुलाक सडक कार्यालय धनगढीका इञ्जिनीयर पदम मडैले चैत महिनासम्म आयोजनाको म्याद थप गरिएको बताए ।

‘हामीले कारबाहीका लागि सूचना समेत प्रकाशित गरिसकेका थियौं । ठेक्का तोडेर नयाँ टेन्डर निकाल्ने योजना थियो,’ उनले भने, ‘सरकारले चालू सबै आयोजनाका लागि १ वर्ष म्याद थप गर्ने निर्णय गरेपछि आयोजनाले पनि चैतसम्म काम गर्न पाउने भएको हो ।’
   
उनका अनुसार लगातार काम गर्न सके २ महिनामा काम सम्पन्न हुने जनाउँदै पहिलेकै जस्तो गरे चैतमा पनि काम सम्पन्न हुन नसक्ने इञ्जिनीयर मडै बताउँछन् । उनले आयोजनाको ठेक्का नतोडी अर्कोले काम गर्न नपाउने बताउँदै नगरपालिकाले आफैं बनाउने भए पनि पहिलाको ठेक्का तोड्नैपर्ने बताए ।

‘ठेक्का नतोडेर अर्कोलाई कामको जिम्मा दिन सक्दैन । नगरपालिकाले नै काम गर्न भए पनि अहिलेको ठेक्का तोड्नुपर्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x