०४ असार २०८३, बिहीबार

बाटोमा हिँड्दा करेण्ट लागेका राजु भन्छन्, ‘उपचार गर्ने पैसा छैन’

कात्तिक २०, २०७४
बाटोमा हिँड्दा करेण्ट लागेका राजु भन्छन्, ‘उपचार गर्ने पैसा छैन’

काठमाडौं, १७ साउन— मंगलवार विहान राजधानी काठमाडौंको लाजिम्पाटमा करेन्ट लागेर ढलेका रामेछापका राजु लामाको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनलाई लाजिम्पाटको तीनदोबाटो स्थित टंगाल जाने चोकमा करेन्ट लागेको थियो ।

विहान साढे ४ बजे ठमेलबाट चक्रपथ कामका लागि जान लागेका उनलाई लैनचौरकमा करेन्ट लागेको हो । ‘पोलबाट आएको तीनवटा तार सडकमा भएको पानीमै लत्रिएको रहेछ,’ उनले अस्पतालको शैयाबाट लोकान्तरसंग भने, ‘पानीमा टेक्ने वित्तिकै मलाई करेन्ट लाग्यो ।’

करेन्ट लाग्ने वित्तिकै आफू त्यहाँ ढलेको उनले बताए । ‘मेरो होस पनि यहीँ आएपछि खुलेको हो,’ उनले भने । उनलाई प्रहरीले घटनास्थलबाट अस्पताल पुर्याएको थियो । डाक्टरहरुका अनुसार उनको मुटुमा समेत समस्या देखिएको छ । खुट्टामा गहिरो चोट लागेको छ ।



‘अहिले सम्म १० हजार रुपैयाँ खर्च भयो, अब खर्च गर्ने पैसा पनि छैन,’ अस्पतालमा भेटिएका उनका आफन्तले भने, ‘प्लाष्टिक सर्जरी समेत गर्न भनेको छ । तर कसरी गर्ने पैसा नै छैन ।’

लामाकी श्रीमती रामेछापमै खेती किसानी गर्छिन् । उनको पनि काठमाडौं आउने अवस्था नरहेको आफन्तहरुले बताए । डाक्टरहरुका अनुसार घाइते लामालाई अझै एक हप्ता अस्पतालमै रहनुपर्छ ।

काठमाडौंमा यत्रतत्र छरिएका तारका कारण पैदल हिडने बटुवालाई जोखिम बढेको छ । जसको सिकार रामेछापका राजु लामा भए ।

सरकारी निकायको लापरवाहीका कारण घाइते भएका लामाको उपचारमा भने कसैले चासो देखाएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्