
काठमाडौं, १७ साउन - चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते चुनाव हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकमा प्राप्त सुझावका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो कार्यातालिका सार्वजनिक गरेको हो । कार्यतालिका सार्वजनिक भएसँगै आजैदेखि भरतपुरमा शुन्य समय सुरु भएको छ । एमालेले साउन २१ गते निर्वाचन गराउन माग गरेको थियो ।
तर कांग्रेस, माओवादी लगायतका अरु दलहरुले साउन २० गते चुनाव गराउन माग गरेको थियो । आपसी सल्लाह अनुसार साउन २० गते चुनाव हुने भएको हो ।