०५ असार २०८३, शुक्रबार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ६२औं वार्षिकोत्सव मनाइयो

कात्तिक २०, २०७४
नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ६२औं वार्षिकोत्सव मनाइयो

काठमाडौं, १७ साउन — नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६२औं वार्षिकोत्सवका अवसरमा बेइजिङस्थित नेपाली दूतावासले एक सेमिनार आयोजना गरेको छ ।


मंगलवार आयोजित सेमिनारको विषय ‘पराहिमालय क्षेत्रमा शान्ति र समृद्धिका लागि नेपाल–चीन सम्बन्ध’ थियो ।

सेमिनारमा विभिन्न सरकारी संस्था, नेपाल–चीन सम्बन्धमा विज्ञता हासिल गरेका चिनियाँ विद्वान्, हङकङ, ग्वाङ्झु र ल्हासास्थित नेपाली कन्सुल अधिकारीहरू र पत्रकारको उपस्थिति थियो ।

सेमिनारको विषयमा केन्द्रित रही चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका प्राध्यापक हु शिशेङले शान्तिपूर्ण सहअस्तित्व र एकअर्काको राष्ट्रिय स्वार्थको संवेदनशीलताको सम्मान लगायत पञ्चशील सिद्धान्तमा आधारित चीन–नेपाल सम्बन्ध मजबूत रहेको धारणा राखेका थिए ।


चीनका लागि नेपाली दूत लीलामणि पौड्यालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै दुई देशबीचको मैत्री सम्बन्ध बलियो रहेको बताएका थिए । एक चीन नीतिमा नेपाल अडिग रहेको बताउँदै उनले नेपालको भूमिबाट कुनै पनि चीनविरोधी गतिविधि गर्न नदिइने प्रतिबद्धता दोहो–याए ।

सेमिनारमा डा चेन सिआओचेनले प्राध्यापक हुको प्रस्तुतिमाथि टिप्पणी गरेका थिए । प्राध्यापक ली सिगुआङले पनि उक्त अवसरमा विशेष मन्तव्य दिएका थिए । वाङ हुई, मा जियाली र लु याङ लगायतका विद्वानले पनि धारणा प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्