०५ साउन २०८३, मंगलबार

चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली र सभामुख सापकोटाबीच भेटवार्ता

चिनियाँ राष्ट्रिय जनकांग्रेसका अध्यक्ष ली र सभामुख सापकोटाबीच भेटवार्ता

चार दिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष लि चान्शु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । 

सोमवार अपराह्न नेपाल आइपुगेका अध्यक्ष लि र सभामुख सापकोटाबीच संघीय संसद भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको हो । दुई नेताबीच दुई देशको आपसी हित र सम्बन्धमा विषयमा छलफल भएको संसद् सचिवालयले जानकारी दिएको छ । 

अध्यक्ष लि सोमवार अपराह्न ६७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका थिए । अध्यक्ष लीसहितको टोलीलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

अध्यक्ष लिको सम्मानमा सभामुख सापकोटाले सोमवार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा लिले सभामुख सापकोटासहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

नेपाल भ्रमणका आएका अध्यक्ष लि तेस्रो वरियताका चिनियाँ नेता हुन् । २०७६ असोजमा राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल भ्रमण गर्ने ली उच्च चिनियाँ अधिकारी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्