३१ असार २०८३, बुधबार

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच सोमवार भेटवार्ता भएको छ । उनीहरूबीच जंगी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो ।

अमेरिकी राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । उक्त भेटवार्तामा प्रधान सेनापति शर्माले राजदूतले बेरीले पूरा गरेको सफल कार्यकालका लागि बधाई दिएका थिए । 

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्