×

NMB BANK
NIC ASIA

निर्वाचन आचारसंहिता कडाईकासाथ लागू गर्न एमालेको माग

भदौ २७, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न माग गरेको छ । निर्वाचन आयोगसँग आचारसंहिताको पूर्ण पालना गराउन माग गरेको हो । 

Muktinath Bank

एमाले उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आयोगसँग माग गरे । उनले आफ्नो दलको सुझावविपरीत निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्णरूपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संसदीय प्रणालीको मूल्य र मान्यताविपरीत हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा आयोगले उल्लेख गरेको बताए । नेम्वाङले आफ्नो दलको असहमति भए पनि छापेर आएपछि त्यसलाई कार्यान्वयन गराउनैपर्ने अडान रहेको स्पष्ट पारे । 


Advertisment
Nabil box
Kumari

‘आचारसंहितामा पारेर छापी सकेपछि अब चाहिँ प्रधानमन्त्री, मन्त्रीहरूले कडाईका साथ पालना गर्नुपर्छ भन्नेमा छौँ हामी । प्रमुख आयुक्तज्यू, हाम्रो चाहिँ प्रष्ट अडान यो हो । अहिलेको संसदीय चुनावमा, मंसिर ४ गतेको चुनावमा प्रधानमन्त्रीले सरकारी  खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ’, उपाध्यक्ष नेम्वाङले भने, ‘तर, प्रधानमन्त्रीले त डिफेन्स गरेर हिँडनुपर्छ आफ्नो सरकारको । अनि, त्यो प्रधानमन्त्रीले प्रचार-प्रचार गर्न नपाउने ? भनेको त यो संसदीय मूल्य र मान्यता अनुरुप भएन भन्ने हाम्रो ठम्याइ हो । सरकारको चाँही अव के हुन्छ ? भनेर हामी हेरेर बसिराखेका छौँ ।’  

Vianet communication

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरूले घरदैलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न ध्यानाकर्षण गराए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x