०८ साउन २०८३, शुक्रबार

निर्वाचन आचारसंहिता कडाईकासाथ लागू गर्न एमालेको माग

निर्वाचन आचारसंहिता कडाईकासाथ लागू गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन आचारसंहिता कडाईका साथ लागू गर्न माग गरेको छ । निर्वाचन आयोगसँग आचारसंहिताको पूर्ण पालना गराउन माग गरेको हो । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनि जारी गरिएको निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आयोगसँग माग गरे । उनले आफ्नो दलको सुझावविपरीत निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्णरूपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताए । 

सोमवार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संसदीय प्रणालीको मूल्य र मान्यताविपरीत हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा आयोगले उल्लेख गरेको बताए । नेम्वाङले आफ्नो दलको असहमति भए पनि छापेर आएपछि त्यसलाई कार्यान्वयन गराउनैपर्ने अडान रहेको स्पष्ट पारे । 

‘आचारसंहितामा पारेर छापी सकेपछि अब चाहिँ प्रधानमन्त्री, मन्त्रीहरूले कडाईका साथ पालना गर्नुपर्छ भन्नेमा छौँ हामी । प्रमुख आयुक्तज्यू, हाम्रो चाहिँ प्रष्ट अडान यो हो । अहिलेको संसदीय चुनावमा, मंसिर ४ गतेको चुनावमा प्रधानमन्त्रीले सरकारी  खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ’, उपाध्यक्ष नेम्वाङले भने, ‘तर, प्रधानमन्त्रीले त डिफेन्स गरेर हिँडनुपर्छ आफ्नो सरकारको । अनि, त्यो प्रधानमन्त्रीले प्रचार-प्रचार गर्न नपाउने ? भनेको त यो संसदीय मूल्य र मान्यता अनुरुप भएन भन्ने हाम्रो ठम्याइ हो । सरकारको चाँही अव के हुन्छ ? भनेर हामी हेरेर बसिराखेका छौँ ।’  

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरूले घरदैलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न ध्यानाकर्षण गराए । 

salt training

कमेन्ट गर्नुहोस्