×

NMB BANK
NIC ASIA

'साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा अपेक्षित भएन'

भदौ २७, २०७९

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेसनले अपेक्षित रूपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमवार कम्पनीको ६०औँ वार्षिकोत्सवको अवसरमा बोल्दै साल्ट ट्रेडिङले लगानी गरेका कतिपय उद्योगहरू बन्द भएको स्मरण गराए ।

Muktinath Bank

उनले संस्थाको व्यवस्थापकीय कमजोरीका कारण पनि आफ्नो व्यवसायलाई विस्तार गर्न नसकेको स्पष्ट पारे । सहसचिव रेग्मीले कम्पनीको प्रतिष्पर्धात्मक क्षमतामाथि प्रश्न उठाउँदै व्यवसायलाई थप आधुनिकरण तथा सूचना प्रविधिसँग जोड्दै सकारात्मक चिन्तन बोकेर अगाडि बढ्न आवश्यक रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरूलाई निर्देशन दिँदै सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कर्मचारीको हकहितको विषयमा उठाएका कतिपय आवश्यक मागहरू संस्थाको संस्थागत क्षमता विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेको बताए । 


Advertisment
Nabil box
Kumari

‘केही वर्ष यता हेर्दा हामीले अपेक्षित रुपमा लाभांश लिन नसकेको स्थिति छ । विगत केही वर्षदेखि हाम्रो प्रोफिट घट्दो छ । कतिपय हामीले लगानीहरू गरेको उद्योग बन्द अवस्थामा छन् । कतिपय हाम्रो आफ्नै व्यवहारहरुको कमजोरीका कारण पनि व्यवसायलाई विस्तार गर्न सकेका छैनौँ’, सहसचिव रेग्मीले भने, ‘बजार प्रतिष्पर्धी बनेको छ । हामीजस्तै अन्य निजी क्षेत्रका संस्थाहरू हाम्रो स्वामित्वमा प्रतिश्पर्धात्मक प्रश्न चिन्ह खडा भएको छ । यो हिसाबले पनि हामीले आफूलाई प्रतिष्पर्धी बनाउनुको विकल्प छैन । उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिष्पर्धी बन्नसक्छौँ ।’

Vianet communication

वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ । दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने तयारी गरेको छ । 

ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । उपोभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराई÷मधेसका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x