१० असार २०८३, बुधबार

छ्यापाछ्याप गर्न दक्षिण कोरियाबाट हिलो मगाइएपछि बबाल

कात्तिक २०, २०७४
छ्यापाछ्याप गर्न दक्षिण कोरियाबाट हिलो मगाइएपछि बबाल

काठमाडौं, १७ साउन — एक सांस्कृतिक आयोजनका लागि अर्को देशबाट हिलो मगाइएको विषयलाई लिएर न्युजिल्यान्डमा ठूलो विवाद जन्मेको छ ।


न्युजिल्यान्डको रोटोरुआ शहरमा आयोजित मडटोपिया फेस्टिभलका लागि आयोजकहरूले दक्षिण कोरियाबाट लगभग ७१ लाख रुपैयाँ खर्च गरेर पाँच टन हिलो मगाए ।

करदाताको पैसा यसरी दुरुपयोग गरिएको भनी आलोचना भइरहेको छ ।

स्थानीय अधिकारीहरू चाहिँ पाँच टन मड पाउडर आगामी पाँच फेस्टिभल मनाउन पर्याप्त छ ।

डिसेम्बर महिनामा मनाइने मडटोपिया फेस्टिभलमा संगीतको धुनसँगै मानिसहरू हिलो छ्यापाछ्याप गरेर खेल्छन् ।

अधिकारीहरूका अनुसार केन्द्र सरकारले नै यसको खर्च उठाएको थियो र यसको भरपाई टिकटहरूको बिक्रीबाट गरिनेछ ।

आयोजकहरूका अनुसार दक्षिण कोरियाली मड पाउडरयुक्त मडटोपियामा भाग लिने मानिसले बेग्लैखाले अनुभव गर्नेछन् ।

तर यस फैसलाको सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ र यसबाट करदाताहरूको पैसाको दुरुपयोग भएको तथा देशको जैविक विविधतामा असर पुग्ने बताइएको छ ।

दक्षिण कोरियाको बोरियाङ नामक स्थान मड पाउडरका लागि प्रसिद्ध छ । हालैका वर्षमा यसको मागमा कमी आएको छ ।

त्यहाँ नै पनि मड फेस्टिभल ठूलै रूपमा मनाइन्छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्