
बालबालिकाको गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’की विजेता कृपा पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । उनको एकल आवाजमा ‘तिमीसँग एकछिन’ बोलको गीत सार्वजनिक भएको हो ।
मन्दिरा ढुंगेलको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा दीक्षित पौडेलको संगीत संयोजन छ । राजीव लोहनीको निर्देशन रहेको गीतको भिडियोमा कृपा स्वयं प्रस्तुत छिन् । यो कृपाको अभिनित पहिलो भिडियो हो । उनका साथमा सुप्रवराज जोशी, कृषा लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकारले समेत भिडियोमा अभिनय गरेका छन् ।
भवानी शिल्पकारको क्यामेरा, रवी शिल्पकारको डीओपी रहेको भिडियो विनय दाहालको सम्पादनपछि सार्वजनिक भएको हो । म्युजिक नेपाल युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।