०९ असार २०८३, मंगलबार

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको स्मृति

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको स्मृति

गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहलाई स्मरण गरिएको छ । रामराजाप्रसाद सिंह स्मृति प्रतिष्ठानको आयोजनामा आज लैनचौर बैंक्वेटमा आयोजित १०औँ स्मृतिमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्व सिंहको तस्बिरमा माल्यार्पण गरे । 

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की, पूर्वमन्त्री हृयेश त्रिपाठी, नागरिक समाजका अभियान्ता सुन्दरमणि दिक्षित, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहलगायतको उपस्थिति रहेको थियो ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आयोजना गरिएको कार्यक्रममा स्व सिंहका शुभचिन्तकको उपस्थिति रहेको थियो । गणतन्त्रको लागि हतियार उठाउने व्यक्ति सिंहको स्मृतिमा स्थापित प्रतिष्ठानले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष डा मनोजकुमार सिंहले जानकारी दिए ।

प्रतिष्ठानले स्व सिंहको सम्मानमा सम्बन्धित निकायसँग सहकार्य गरी १० रुपैँयाको हुलाक टिकट जारी, वृद्धाश्रमलाई सहयोग, सिंहको आत्मवृत्तान्तलाई हिन्दी भाषामा अनुवाद गर्ने, सिंहको सम्झनामा स्मारिका प्रकाशनलगायत कार्य गर्दै आएको छ । सिंहको विसं २०६९ भदौ २७ गते ७७ वर्षको उमेरमा निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्