×

NMB BANK
NIC ASIA

भदौ २६ गते ललितपुर प्रहरीलाई गोदावरी नरपालिका–३ स्थित फुल्चोकीको जंगलमा महिलाको शव फेला परेको खबर आयो ।

Muktinath Bank

सूचना पाएलगत्तै कोन्ज्योसोम प्रहरी चौकीबाट खटिएका प्रहरी तत्काल घटनास्थलमा पुग्दा घोप्टो परेको अर्ध नग्न अवस्थामा महिलाको शव देखियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टाउको गलिसकेको र शरीरका अन्य भाग पनि गल्न लागेको अवस्था शव फेला परेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बताए ।


Advertisment
Nabil box
Kumari

उक्त घटनाबारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘शव सडिसकेको हुँदा शव कसको भन्ने पत्ता लगाउन असाध्यै कठीन भयो ।’

Vianet communication

सलले घाँटीमा कसेको अवस्थामा शव भेटिएपछि प्रहरीले कसैले कर्तव्य (हत्या) गरेको निष्कर्षसहित अनुसन्धान अघि बढाएको पोखरेलले बताए ।

प्रहरी परिसर ललितपुरले प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीको टोली अनुसन्धानमा खटायो । उनीहरू फरेन्सिक ल्याबका डाक्टरहरूसहित घटनास्थलमा पुगेर प्रमाण संकलन गरे । 

संकलित प्रमाणको आधारमा शव पहिचानको प्रक्रिया प्रहरीले अघि बढायो । 

घटनास्थलमा सिम कार्ड नभएको मोबाइल र झोला मुख्य प्रमाणकोरूपमा भेटिएको थियो ।

सोही आधारमा अनुसन्धान गर्दै जाँदा महिला विवाहित रहेको र उनको श्रीमान् भएको तथ्य प्रहरीले पत्ता लगायो ।

‘हामीले प्राविधिक र म्यानुअल्ली अनुसन्धान गर्दा शव फेला परेको महिलाको विवाह भएको पत्ता लाग्यो । सोही आधारमा उनको पहिचान खुलाउन सफल भयौँ’, एसएसपी पोखरेलले भने ।

फुल्चोकीको जंगलमा भेटिएको महिलाको शव रौतहट हजरियाकी ४७ वर्षीया रूपा क्षेत्री भएको पत्ता लगायो र हाल उनी ललितपुरको हरिसिद्धिमा बस्दै आएको सनाखत पनि भयो । 

प्रहरीले सोधपुछ गर्दै जाँदा उनका श्रीमान् दोलखा भीमेश्वर नगरपालिका–९ का ६३ वर्षीय ग्याल्मो लामा भएको पत्ता लगायो । 

प्रहरीले प्रक्राउ गर्दा उनी ललितपुरको यूएन पार्क नजिकै ज्यामी काम गर्दै थिए ।

पोखरेलका अनुसार, लामाले ८ वर्ष अगाडि तेस्री श्रीमतीकारुपमा रूपालाई बिहे गरेका थिए । तर, उनीहरूको सम्बन्ध कहिल्यै सौहार्द नभएको बयानको क्रममा लामाले बताएको पोखरेलले जानकारी दिए । 

‘जहिले पनि रक्सी खाने, झगडा गर्ने र कुट्ने गर्थी’, लामाले प्रहरीलाई दिएको बयान उदृत गर्दै एसएसपी पोखरलले भने ।

लामाले प्रहरीलाई बताएअनुसार, २०७२ सालामा भूकम्प गएपछि टेन्टमा बस्ने क्रममा लामा र क्षेत्रीको चिनजान भएको रहेछ । त्यसपछि उनीहरूले विवाह गरेका रहेछन् ।

प्रहरीका अनुसार, भदौ १६ गते विहान ग्याल्मो र रूपाबीच विवाद भयो । रूपाले बिहानै मादक पदार्थ सेवन गरेर झगडा गरिन् । 

‘बिहानै रक्सी खाएर मलाई कुटेकी थिए । गालामा २ झापड हानी । त्यसपछि म माइक्रो चढेर काम गर्न गोदावरीतर्फ लागे’, एसएसपी पोखरेलले लामाको भनाइ उदृत गर्दै भने, ‘ऊ पनि मेरो पछिपछि आएकी रहिछ । त्यसपछि विवाद हुँदा–हुँदा जंगलमा गयौँ । जंगलमा पुगेपछि रूपाले कि मलाई मार होइन भने तँलाई मार्छु भनेपछि घाँटीमा सलले कसेर हत्या गरको हुँ ।’ 

श्रीमतीको हत्या गरेर जंगलमा फालेपछि उनी फर्केर आफ्नो काम गर्न थालेको प्रहरीलाई बयान दिएका छन् । 

प्रहरीका अनुसार ग्याल्मो र रूपा हरिसिद्धिमा छोरीसँग बस्दै आएको खुलेको छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार महिलाले लगाएको भित्री वस्त्र, घटनामा भएका अन्य प्रमाणहरूका आधारमा बलात्कारसमेत भएको हुनसक्ने देखिएको छ । तर, थप तथ्य भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ । 

एसएसपी यज्ञविनोद पोखरेलका अनुसार लामाले भदौ १६ गते दिउँसो १२ देखि १ बजेको समयमा श्रीमतीको हत्या गरेको देखिएको छ । 

ग्याल्मोले ३ वटी श्रीमती विवाह गरेको प्रहरीले पत्ता लगाएको छ । जेठी श्रीमती लालमाया तामाङको १२ वर्ष अगाडि मृत्यु भएको थियो । उनी तर्फबाट २ छोरी र १ छोरा छन् । दोस्री श्रीमती आइतमाया तामाङ दोलखामा बस्दै आएकी छन् । उनी तर्फबाट २ जना छोरा छन् भने रुपा तेस्री श्रीमती थिइन् ।

ग्याल्मोको अन्य छोराछोरी र श्रीमतीसँग सम्पर्क नरहेको देखिएको प्रहरीले बताएको छ । ग्याल्मो र रूपा ललितपुरमा ज्यामी काम गर्दै आएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x