१९ असार २०८३, शुक्रबार

औद्योगिक प्रयोजनका नाममा सुपारी, मरिच र केराउको आयात खुला

औद्योगिक प्रयोजनका नाममा सुपारी, मरिच र केराउको आयात खुला

औद्योगिक प्रयोजनका नाममा सरकारले प्रतिबन्ध लागेको केराउ, सुपारी र मरिचको आयात खुला भएको छ । सरकारले २१ भदौमा राजपत्रमा सूचना प्रकाशन गरेर गत २४ चैतदेखि प्रतिबन्ध लगाएको सुपारी, केराउ र मरिचको आयात खुला गरेको हो । 

यस अघि सरकारले कोरोना महामारीको समयमा आयात नियन्त्रण गर्न चैत २०७६ देखि यी वस्तुको आयात रोकेको थियो ।

सरकारले ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने कार्यविधि २०७८’ अनुसार आयात खुला गर्ने निर्णय गरेको उल्लेख छ । 

व्यवसायीले तेस्रो मुलुकबाट सुपारी, केराउ र मरिचको आयात गरेर भारतमा तस्करी गर्ने गरेको भन्दै प्रतिबन्ध लागेको यी वस्तुलाई दशैं र चुनावको मुख पारेर खुला गरिएको छ । 

यसअघि पनि सरकारले औद्योगिक प्रयोजनको लागि भन्दै फागुन २६ गतेदेखि असारसम्मको लागि भन्दै सुपारी, मरिच र केराउको आयात खुला गर्ने निर्णय गरेको थियो । साउन १ देखि सुपारी, मरिच आयात विषयमा सरकारले कुनै निर्णय नगरेकाले २०७६ चैत २४ गते लगाइएको आयात प्रतिबन्धले नै निरन्तरता पाएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्