गत साता अमेरिकाले पाकिस्तानी वायुसेनालाई ४५ करोड डलर दिने निर्णय लिएको छ ।
लडाकू विमान एफ–१६ को स्तरोन्नतिका लागि अमेरिकाले पाकिस्तानलाई यो रकम उपलब्ध गराएको हो ।
उता चीनले गत जुन महिनामा २९ हजार करोड रुपैयाँको सहायता दिएको छ ।
यी दुई खबर पढ्दा थाहा हुन्छ– भयानक आर्थिक मन्दीको संकटमा परेको पाकिस्तानलाई चीन र अमेरिका दुवैले पैसा दिइरहेका छन् ।
पाकिस्तानमा एसियामा चीनको सबभन्दा ठूलो ऋणीमध्ये एक हो । इकोनोमिक सर्वे अफ पाकिस्तान २०२१–२२ को रिपोर्टमा उल्लेख गरिएअनुसार, पाकिस्तानले चीनसँग ११ लाख करोड रुपैयाँको ऋण लिएको छ । यसरी चीनको ऋणी हुँदा पाकिस्तान चीनले जे भन्यो त्यही गर्नुपर्ने स्थितिमा छ । त्यसैले पाकिस्तानलाई आफ्नो पक्षमा पार्नका लागि अमेरिकाले पनि मद्दत गरिरहेको हुन सक्छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पदबाट राजीनामा दिनुअघि आफूलाई अपदस्थ गर्नुमा अमेरिकी षड्यन्त्र जिम्मेवार रहेको आरोप लगाएका थिए । इमरान चीनप्रति बढी ढल्किएको भन्दै अमेरिकाले उनलाई मन नपाएको बताइन्छ ।
अहिले शहबाज शरीफ सरकारलाई निकै ठूलो रकम दिएर अमेरिकाले त्यो अनुमान सही साबित गरेको छ । शरीफ परिवारले अमेरिकासँग निकट सम्बन्ध कायम गरेको बताइन्छ ।
गत ३९ वर्षदेखि पाकिस्तानी वायुसेनामा एफ–१६ लडाकू विमानहरू छन् । अहिले आएर यिनीहरूको मर्मत गर्नुपर्नेछ । तर अर्थतन्त्र समस्याग्रस्त भएकाले पाकिस्तानले मर्मत खर्च बढाउन नसक्ने स्थिति छ ।
त्यसैले मर्मतका लागि पाकिस्तानले अमेरिकासँग सहयोग मागेको हो । अमेरिकाले दिएको रकम फाइटर जेटको स्तरोन्नतिका लागि मात्र हो, अन्य हतियार तथा युद्धसामग्रीका लागि हैन ।
स्तरोन्नतिपछि पाकिस्तानी लडाकू विमानमा आधुनिक रेडार जडान गर्न सकिन्छ । यसले लामो दूरी कभर गर्छ ।
एफ–१६ को इन्जिन पहिलाभन्दा बढी शक्तिशाली र आधुनिक बन्छ ।
इलेक्ट्रोनिक वारफेयर क्षमता स्तरोन्नतिले बढाउँछ । त्यसका लागि एफ–१६ मा क्षेप्यास्त्र, हतियार र जाम गर्ने क्षमता बढाउने आधुनिक उपकरण जडान गरिनेछ ।
लडाकू विमानको सफ्टवेयर पनि स्तरोन्नति गरिनेछ ।
पाकिस्तानलाई अमेरिकाले गरेको सहयोगले भारत चिन्तित बनेको छ । अमेरिकाले भारतको सुरक्षा हितलाई ध्यानमा राख्नुपर्ने भारतको भनाइ छ ।
पाकिस्तानी लडाकू विमानको स्तरोन्नति भएपछि मारक क्षमता पनि बढ्छ । उनीहरू भारतलाई कडा टक्कर दिन तयार हुन्छन् ।
भारतीय वायुसेना अहिले लडाकू स्क्वाड्रनको संख्या घटिरहेकोमा चिन्तित छ । यस्तो अवस्थामा पाकिस्तानी वायुसेनाको क्षमता बढ्दा भारतलाई रणनीतिक हानि हुन्छ ।