
जिल्ला समन्वय समिति महोत्तरीकी सदस्य जैसो देवीको निधन भएको छ । उनको मंगलवार बिहान ४ बजे निधन भएको जिसस महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले जानकारी दिए ।
जिसस प्रमुख कर्णले देवीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगत देवीप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
जिसस सदस्य देवीको निधनमा मंगलवार जिससको सम्पूर्ण काममाज बन्द गरिएको कर्णले जानकारी दिए ।