२७ असार २०८३, शनिबार

पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थप

पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमित थप

पछिल्लो २४ घण्टामा मुलुकभर २०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ५९ नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको हो  । 

मन्त्रालयका अनुसार १ हजार ३०० नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८७ जना र ३ हजार ७५९ नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो  । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार २३२ पुगेको छ  ।

संक्रिय संक्रमितमध्ये २ हजार १५२ जना होम आइसोलसनमा, ८० जना संस्थागत आइसोलेसन, १७ जना आईसीयू र १ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ  । 

त्यसैगरी विगत २४ घण्टामा १२६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्  । 
 

salt training

कमेन्ट गर्नुहोस्